ब्यबसाय निरन्तरता योजना कार्यान्वयनमा

मिलिजुली कालिञ्चोक साकोस लि. ले कोरोना भाईरस महामारी (कोभीड १९) को असर बाट शेयर सदस्य, कर्मचारी र संस्थालाई सुरक्षा दिन, सावधानी अपनाउन, निरन्तर रुपमा सदस्यको ब्यवसाय सञ्चालन गराउन, कर्मचारीहरुबाट नियमित रुपमा सदस्य सेवा प्रवाह गराउन र संस्थालाई निरन्तर सदस्य सेवाको लागि सञ्चालन गर्नको लागि ब्यबसाय निरन्तरता योजना निर्माण गरी कार्यान्वयन गरेको छ । संस्थाको सञ्चालक समितिको मिति २०७७ साल भाद्र २३ गते बसेको ५२३ औं बैठकको निर्णय नम्बर ५ अनुसार यो योजना पारीत गरेको हो । यस बैठकमा संस्थाबाट ऋण लानु हुने शेयर सदस्यहरुको तिर्न सक्ने क्षमता बिश्लेषण गरीएको थियो भने आवद्ध शेयर सदस्यहरुलाई भावि ६ महिनाको लागि आर्थिक रुपमा सुरक्षित हुनको लागि बाँकी शेयर सदस्यहरुलाई आकस्मिक कोष बचत योजनामा सहभागि गराउन अभियान चलाउने निर्णय गरेको थियो ।