सदस्य शिक्षा शिबिर तथा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न,

मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि. चरिकोट दोलखाले आफना शेयर सदस्यहरुलाई आज मिति २०७७ साल फागुन ५ गते संस्थाको हलमा सदस्य शिक्षा शिबिर तथा बित्तिय साक्षरता कार्यक्रम एक समारोहका साथ सम्पन्न गरेको छ । संस्थाको सञ्चालक सदस्य तथा शिक्षा उपसमिति संयोजक श्री नारायण प्रसाद सापकोटाको संयोजकत्वमा भएको उक्त कार्यक्रममा शेयर सदस्यहरुको उत्साहजनक सहभागीता रहेको थियो ।

संस्थाले मिति २०७७ साल फागुन १ गते  बैत्येश्वर गाउँपालीका वडा नं ८ क्षेत्रपा बाट सुरु गरेको सदस्य शिक्षा शिबिर तथा बित्तिय साक्षरता कार्यक्रम आज संस्थाको केन्द्रिय कार्यलयको हलमा सञ्चालन गरेको थियो । उक्त कार्यक्रममा संस्थाको सम्पुर्ण आर्थिक,सामाजिक र सास्कृतिक गतिबिधिहरुको बारेमा शेयर सदस्यहरुलाई जानकारी गराईएको थियो ।

कार्यक्रममा सकारात्मक सोच,उद्यमसिलता,प्रबिधि,कानुनी,सम्पत्ति शुद्धिकरण र बित्तिय साक्षरताको बिषयमा सचेतना गराईएको थियो । बित्तिय साक्षरता अन्र्तगत मानबजीबनका आवश्यकताहरु, आवश्यक खर्च र अनावश्यक खर्च, बचत गर्ने गलत तरिका र सही तरिका, बित्तिय साक्षरताको आवश्यकता, बजेट निमार्ण, बचतको आधुनिक तरिका, बित्तिय साक्षरताको उदेश्य तथा आम्दानी र खर्चको अभिलेख राख्ने तरिका सहितको ज्ञान दिईएको थियो ।

कार्यक्रमको अन्त्यमा सहभागी सदस्य ज्युहरुबाट यस्तो शिक्षाले भोलीको दिनबाट बित्तिय स्वतन्त्र बनि हिजो र अगि भर्खरको भन्दा पैसा ब्यबस्थापन प्रतिको सोचाई फरक भएको बताउनु भएको थियो ।

समापन कार्यक्रममा कार्यक्रमको संयोजक श्री नारायण प्रसाद सापकोटा ज्युले सहभागी सबैमा धन्यबाद दिई संस्थाले  संस्थाका सबै शेयर सदस्यज्युहरुलाई यस्तो शिक्षा दिने कार्यक्रम रहेको  धारणा ब्यक्त गर्नु भएको थियो ।