नारायण वहादुर श्रेष्ठ

समाजमा ब्याप्त गरिवी, अशिक्षा र कुलतबाट समुदायलाई मुक्त गरी बचत गर्ने बानीको बिकास गराउने तथा त्यसरि संकलीत बचतलाई सदस्यहरु भित्रै परिचालन गरी बिभिन्न किसिमका सामाजिक उद्यमहरको प्रवद्र्धन गर्नुका साथै महङ्गो ब्याजबाट सदस्यहरुलाई मुक्ति दिलाउने उदेश्यले बिभिन्न २५ जना ब्यक्तिहरु मिलि यस संस्थाको स्थापना २०५० साल भाद्र ७ गते भएको हो । यसको स्थापनाकालमा चरिकोट गाँउ बिकास समिति मात्र कार्यक्षेत्र थियो। पछि २०५४ सालमा चरिकोट, दोलखा, माटी र मकैबारी गाँउ बिकास समिति मिलि भीमेश्वर नगरपालीकाको स्थापना भएपछि यस संस्थाको कार्यक्षेत्र पनि भीमेश्वर नगरपालीका कायम गरीयो। हाल यस संस्थाको भीमेश्वर नगरपालीका लगाएत बोच, क्षेत्रपा, फस्कु, काटाकुटी, मागापौवा, नाम्दु, सुनखानी, सुन्द्रावति र सुष्पाक्षेमावती गाँउ बिकास समिति हरुलाई कार्यक्षेत्र भीत्र समेट्नको लागि कानुनि प्रक्रिया पुरा गरीएकोछ।
“हाम्रो मिलिजुली बित्तिय क्षेत्रको पहिलो छनौट”  भन्ने नारा सहित सदस्यमुखि भई उनिहरुको रोजाई अनुसारको सेवा दिनको लागि सदैव तत्पर रहेको छ। समुदायको पहिलो रोजाईको संस्था बनाउनको लागि संस्थाका सञ्चालक तथा ब्यबस्थापन सदैव लागि परेका छन्। संस्थालाई निश्चित समयमा एउटा लक्ष्य हाँसिल गर्नको लागि त्रि–वर्षिय योजना बनाई लागु गरीएको छ र यसलाई त्रैमासिक समिक्षा गर्दै अगाडि बढीएको छ। संस्थाका सम्पुर्ण कार्यहरु नीतिबाट निर्देशित रहेका छन्। संस्थाले जिल्ला तथा केन्द्र स्तरका सम्पुर्ण सहकारी सञ्जालमा आवद्धता जनाई त्यहाँ बाट प्राप्त बिभिन्न अवसरहरु प्राप्त गर्दै सहयोग आदान प्रदान गर्दै आईरहेकोछ। नेफ्स्कुनको साथ र सहयोगमा अगाडि बढ्दै संस्थाले अहिले समुदाय र साकोस अभियानमा आफ्नो छुट्टै पहिचान बनाएकोछ। आगामी दिनमा पनि सदस्यमुखि काम गर्दै संस्थालाई अग्रगतिमा लाँने र विश्वको नमुना सहकारीको स्थानमा संस्थालाई उभ्याउनका लागि हामी आँतुर छौ।
हामी प्रतिको सद्भाव सहयोग र सुझावको लागि सम्पुर्ण सदस्य, बाल बचतकर्ता, सम्भावित सदस्य, सहयोगी संघ संस्था र ब्यक्तित्वमा हार्दिक कृतज्ञता प्रकट गर्दै निरन्तर सहयोगको अपेक्षा गर्दछौ।
        जय सहकारी !!! जय मिलिजुली !!!