जनकपुर अञ्चल दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नं. १० मा अवस्थित यस मिलिजुली बचत तथा ऋण सहकारी संस्था लि. चरिकोट गाँउ विकास समिति कार्यक्षेत्र लिई २०५० साल भाद्र ७ गते स्थापना भई जिल्ला सहकारी कार्यालय धुलीखेलमा २०५० मंसिर २ गते ८३ नम्बरमा दर्ता भएको हो।
समाजमा व्याप्त गरिवि, अशिक्षा र कुलतबाट समूदायलाई मुक्त गरी बचत गर्ने बानीको विकास गराउने तथा त्यसरि संकलित बचतलाई सदस्यहरु भित्रै परिचालित गरी बिभिन्न किसिमका सामाजिक उद्यमहरुको प्रवद्र्धन गर्नु का साथै महङ्गो ब्याजबाट सदस्यहरुलाई मुक्ति दिलाउनु यस संस्था स्थापनाको उदेश्य रहेको थियो। हाल यस संस्थाको कार्यक्षेत्र भीमेश्वर नगरपालीका लगायत वरिपरिका नौ वटा गाँउ बिकास समितिहरु ( बोच, मागापौवा, काटाकुटी, फस्कु, नाम्दु, क्षेत्रपा, सुनखानी, सुन्द्रावती र सुष्पाक्षेमावती ) पर्दछन् ।

मिसन

स्वस्थ प्रतिस्पर्धायुक्त व्यवसायिक अभ्यासवाट सरल, सुविधाजनक र गुणस्तरीय वित्तिय तथा अन्य सेवा प्रदान गरी सदस्यहरुको आर्थिक — सामाजिक विकासका लागि वित्तिय स्वतन्त्रता कायम गराउने ।

दृष्टि

सदस्यको वित्तिय चाहना पुरा गर्न सक्ने, पहिलो छनौटको गुणस्तरीय सहकारी संंस्था ।

उद्देश्य

सदस्यहरुको सामाजिक र आर्थिक हितलाई ध्यानमा राखी देहायमा उल्लेख भए बमोजिमका काम, कार्यवाही गर्नु संस्थाको उदेश्य हुने छ ।

  • क) संस्थामा संलग्न सदस्यहरु र जनसमुदाय बीच स्वाबलम्बन पारस्पारीक सहयोग एवं मितब्ययीताको अभीबृद्धि गरी नियमित बचत गर्ने वानी प्रवद्र्धन गर्ने,
  • ख) नियमित रुपमा सदस्यहरु बाट निक्षेप प्राप्त गर्नुका साथै उनीहरुले गरेका निक्षेपमा प्रतिस्पर्धात्मक दरमा ब्याज दिने
  • ग) उत्पादनशिल, आयमुलक, सीपमुलक उदेश्यका लागि सदस्यहरुलाई उचित ब्याजदरमा ऋण प्रदान गर्ने
  • घ) आत्म निर्भरता तथा आत्म बिश्वास सम्बन्धि धारणाबारे सदस्यलाई उत्प्रेरित गर्ने
  • ङ) सदस्हरुलाई आयआर्जन क्षमतामा बृद्धि गर्नका लागी आवश्यक मद्धत र जानकारी उपलब्ध गराउने
  • च) सदस्यहरुको आर्थिक अवस्थामा सुधार गर्न सक्ने किसीमका अन्य कृयाकलाप सञ्चालन गर्ने
  • छ) साधारण जनताको आर्थिक अवस्थाको बिकास र प्रवद्र्धनमा सपर्पित राट्रिय तथा अन्तर्राष्ट्रिय संगठनको दाजोमा पुग्ने उदेश्य लीई गठीत केन्द्रीय संद्य बाट बिभिन्न तालीम तथा सुबिधा लिने
  • ज) दातृ संस्थाहरुबाट कुनै शर्त नराखी प्रप्त हुने चन्दा तथा अनुदाद स्वीकार गर्ने
  • झ) आफ्नो उदेश्य पुरा गर्नकालागी समान उदेश्य भएका स्थानिय, क्षेत्रीय राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरु सँग सहयोगात्मक भावना राख्ने
  • ञ) सदस्हरुको सम्बृद्धि र बिकासको अधिकतम हितलाई ध्यानमाराखि सहकारी ऐन, नियमहरु र संस्थाको नीतिमा ब्यबस्था भए बमोजिम दैनिक कार्य सञ्चालनका साथै चल अचल सम्पती आर्जन गर्ने , क्रय बिक्रय गर्न, बिनिमय गर्ने, हस्तान्तरण गर्ने, चन्दा दिने , धरौटी राख्ने, बन्धक राख्नेआदि कार्य गर्नु
  • ट) सदस्यहरु तथा संस्थागत बिकासका लागि आयआर्जन परियोजना सञ्चालन गर्ने
  • ठ) समाजका कमजोर बर्ग र निम्न आय भएका ब्यक्ति वा समुहको आर्थिक सामाजिक उत्थानमा सहयोग पुरयाउने
  • ड) अन्य संद्य संस्थाबाट ऋण लिने र दिने
  • ढ) वित्तिय बजारमा प्रयोग हुन सक्ने प्रविधीहरुमार्फत् सदस्यहरुलाई छिटो छरितो, गुणस्तरीय र प्रतिस्पर्धी वित्तिय सेवा प्रदान गर्ने
  • ण) आपसी सहयोगमा स्रोत जुटाई सदस्यहरुलाई आईपर्ने दुखद परिस्थितिमा आर्थिक राहत प्रदान गर्ने
  • त) सदस्यहरुलाई विप्रेषण (रेमिटेन्स) सेवा प्रदान गर्ने
  • थ) कार्य क्षेत्र भित्रका समान प्रकृतिका सहकारी संस्थाहरु लाई एकिकरण को लागि पहल गर्ने
  • द) सदस्यको लागि आर्थिक सेवा, सुबिधाको साथै सामाजीक सेवा, सांस्कृतिक सेवालाई पनि बढावा दिने
  • ध) सदस्यलाई बिभिन्न सेवा केन्द्र स्थापना गरी त्यहि बाट सेवा दिने
  • न) सदस्यलाई कुनै सेवा केन्द्रबाट पनि रकम लिन सकिने Any center service (ACS) सुबिधा बिकासको लागि प्रक्रिया सुरु गर्ने
  • प) सदस्यलाई घरैमा बसि आफ्नो खाताको रकम हेर्न सकिने गरी मोवाईल बैंकिङ्ग सेवाको लागि आवश्यक प्रक्रिया अगाडि बढाईने ।
उपयोगी लिंकहरु