संस्थाले ६५ औं राष्ट्रिय सहकारी दिवसको पुर्व सन्ध्यामा विविध कार्यक्रमहरु सम्पन्न गरेको छ । आफ्नो कार्यक्षेत्रभित्र पर्ने नौं वटा पालीका मध्ये विगु, गौरीशंकर, कालिञ्चोक र शैलुङ्ग गाउँपालीकामा बिबिध कार्यक्रम गरेको हो । राष्ट्रिय सहकारी दिवसको अवसर पारी उल्लेखित पालीकाभित्र रहेका केही बिद्यालयहरुमा बित्तिय साक्षरता तथा स्टेसनरी बितरण, पहिला बितरण गर्न बाँकी केही स्थानमा स्ट्रेचर बितरण, जेष्ठ शेयर सदस्यलाई टेक्ने लठ्ठी बितरण गरेको छ । यसैगरी सहकारी दिवसकै अवसर पारेर सामाजिक कार्यक्रम अन्तर्गत आज विगु गाउँपालीका वडा नं. ७ मा रहेको बिगु गुम्बामा २६ थान बस्ने कुर्सि प्रदान गरेको छ । आवद्ध सबै शेयर सदस्य तथा कार्यक्षेत्रभित्रका बिद्यालयहरुमा अध्ययन गर्ने सबै बिद्यार्थिहरुलाई स्लाईड प्रस्तुतिको माध्यामद्धारा बित्तिय साक्षरता कार्यक्रम प्रदान गर्ने संस्थाको लक्ष्य रहेको छ ।